नियम १०३
बोलपत्र जमानत
(१) बोलपत्रदाताले बोलपत्रका साथ आफूले बोलपत्रमा कवोल
गरेको रकमको कम्तीमा दुई दशमलव पा“च प्रतिशतले हुन आउने रकममा नघटाई
नगदै वा बाणिज्य बैड्ढले जारी गरेको सो रकम बराबरको बोलपत्र जमानत पेश गर्नु
पर्नेछ ।
(२) उपनियम (१) बमोजिमको बोलपत्र जमानतको मान्य अवधि बोलपत्रको
मान्य अवधि भन्दा कम्तीमा तीस दिन बढीको हुनु पर्नेछ ।
(३) कुनै बोलपत्रदाताले बोलपत्र आ≈वान गर्ने स्थानीय निकायलाई कुनै खास
वाणिज्य बैड्ढ वा वित्तिय संस्थाले जारी गरेको बोलपत्र जमानत ग्राह्य हुने नहुने भन्ने
कुरा खुलाई दिन अनुरोध गरेमा त्यस्तो निकायले निजलाई सो सम्बन्धमा तत्कालै
जवाफ दिनु पर्नेछ ।
(४) विदेशी बैड्ढले जारी गरेको बोलपत्र जमानत वा कार्य सम्पादन जमानत
नेपालभित्रको वाणिज्य बैड्ढले प्रति– प्रत्याभूति (काउन्टर ग्यारेन्टी) गरेको हुनु पर्नेछ ।
(५) बोलपत्रको मान्य हुने अवधिभित्र खरिद सम्झौता गरी सक्नु पर्नेछ । कुनै
कारणवश सो म्यादभित्र खरिद सम्झौता गर्न नसकिने भएमा रीत पुगेका सबै
बोलपत्रदाताहरूलाई बोलपत्रको मान्य हुने अवधि बढाउन पत्र पठाउनु पर्नेछ ।
(६) उपनियम (५) बमोजिमको पत्र अनुसार बोलपत्रको मान्य हुने अवधि
बढाउने वा नबढाउने भन्ने सम्बन्धमा बोलपत्रदाताले निर्णय गर्न सक्नेछन् ।
बोलपत्रको मान्य हुने अवधि नबढाउने बोलपत्रदाताको बोलपत्र जमानत जफत गर्न
पाईनेछैन । बोलपत्रको मान्य हुने अवधि बढाउने बोलपत्रदाताले सोही अनुरुप
सम्बन्धित बैड्ढबाट मान्य अवधि समेत थप गरी बोलपत्र जमानत पेश गर्नु पर्नेछ ।
यसरी बोलपत्रदाताले अवधि थप गरी बोलपत्र जमानत पेश नगरेमा बोलपत्रको मान्य
हुने अवधि बढाएको मानिनेछैन ।
(७) कुनै बोलपत्रदाताको बोलपत्र जमानत जफत भएको अवस्थामा सम्बन्धित
स्थानीय निकायले निजले राखेको जमानत रकम आफूलाई भुक्तानी गर्न त्यस्तो
जमानत जारी गर्ने बैड्ढ समक्ष जमानत मान्य रहने अवधि भित्रै दावी गर्नु पर्नेछ ।
(८) खरिद ऐन वा यस नियमावली बमोजिम जफत गर्नु पर्ने बोलपत्र जमानत
बाहेक अन्य बोलपत्र जमानत खरिद सम्झौता भएको तीन दिनभित्र सम्बन्धित
बोलपत्रदातालाई फिर्ता गुर्न पर्नेछ ।